आजको मौसम : देशभर मुख्यतया सफा, कोशी र मधेशमा आंशिक बदली

आजको मौसम : देशभर मुख्यतया सफा, कोशी र मधेशमा आंशिक बदली

काठमाडौं :  हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान बुलेटिनअनुसार देशभरको मौसम सामान्यतया सफा रहनेछ।

आज दिउँसो कोशी प्रदेश र मधेश प्रदेशमा आंशिक बदली रहनेछ। यी दुई प्रदेशबाहेक देशका बाँकी सबै भू-भागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

आज राति भने बादल लाग्ने क्रम केही बढ्नेछ । राति कोशी र मधेश प्रदेशसँगै बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पनि आंशिक बदली हुने सम्भावना छ।

बाँकी कर्णाली र सुदूरपश्चिम प्रदेश लगायतका भू-भागमा भने मौसम मुख्यतया सफा नै रहने महाशाखाले उल्लेख गरेको छ।

तत्काल वर्षा वा हिमपातको कुनै सम्भावना नरहे पनि चिसो बढ्दो क्रममा रहेकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

मंसिर १३, २०८२ शनिबार ०८:१५:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।