रास्वपा प्रवेश गर्दै पूर्व एआइजी पोखरेलले भने"रविमाथि भएको अन्याय विरुद्ध लड्न आएँ"
काठमाडौं : नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। शुक्रवार उनी रास्वपाका प्रवेश गरेका हुन्। पार्टीमा प्रवेश गरे लगत्तै उनले रवि लामिछानेमाथि अन्याय भएको दाबी गर्दै त्यस विरुद्ध लड्ने दाबी गरे।
उनले प्रहरीमा २९ वर्षसम्म इमानमा बाँचेर काम गरेको मान्छे भएको भन्दै आफू कुनै पनि विषयमा बोल्न नडराउने र रास्वपाका सभापति रविमाथि जुन अन्याय भएको छ त्यसको विरुद्ध लड्न आएको बताए।
उनले रविको प्रशंसा गर्दै लामिछानेको अदम्य साहस र उनीमाथि जनताले गरेको विश्वास देखेर आफू रास्वपा प्रवेश गरेको दाबी समेत गरे। प्रहरी महानिरीक्षकको दौडमा रहेका पोखरेल असफल भएपछि एआइजीमै अवकाशमा गएका थिए।
मंसिर १२, २०८२ शुक्रबार १७:४०:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।