मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

धरान : तीव्र गतिको मोटर साइकल सडक किनारमा रोकिएको ट्रकमा ठोक्किँदा त्यसका चालकको मृत्यु भएको छ भने सोही वाहनमा सवार अर्का एक जना गम्भीर घाइते भएका छन्।

धरान उपमहानगरपालिका-८ तीनकुनेस्थित सडक किनारमा रोकेर राखिएको प्रदेश १-०२-००१ ख ८७५७ नम्बरको ट्रकमा प्रदेश १-०३-००१ प १३२४ नम्बरको मोटरसाइकल गए राति ठोक्किँदा चालक इटहरी उपमहानगरपालिका-४ का २५ वर्षीय मञ्जिल लिम्बूको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काका अनुसार मोटरसाइकलमा सवार इटहरी-५ का ३२ वर्षीय अमित राईको अवस्था गम्भीर छ। निजको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भइरहेको छ।

मंसिर १२, २०८२ शुक्रबार ०९:२३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।