बाजुराका १६ वर्षीय किशोर धनगढीबाट बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

बाजुराका १६ वर्षीय किशोर धनगढीबाट बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

धनगढी : अध्ययनको सिलसिलामा कैलालीको धनगढीमा बस्दै आएका बाजुराका एक किशोर बेपत्ता भएका छन्।

बाजुराको बुढिनन्दा नगरपालिका-७ स्यालकाटिया घर भएका अन्दाजी १६ वर्षीय लोकराज जैशी गत मंसिर ९ गतेदेखि बेपत्ता भएका हुन्।

धनगढी उपमहानगरपालिका-१ शिवनगरमा डेरा गरी बस्दै आएका जैशी स्थानीय पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिए।

मंसिर ९ गते दिउँसो १२ बजे कोठाबाट निस्किएका उनी सोही दिनदेखि सम्पर्कविहीन भएको आफन्त महेश जैशीले जानकारी दिए।

हराएको दिनदेखि नै आफन्त र परिवारले निरन्तर खोजी गरे पनि अहिलेसम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन।

बालकको खोजीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा हुलियासहितको निवेदन दिइएको छ। प्रहरीले खोजी कार्य जारी राखे पनि हालसम्म उनी फेला पर्न सकेका छैनन्।

परिवारले निजलाई कतै फेला पारेमा वा देखेमा नजिकको प्रहरी कार्यालय वा आफन्तको सम्पर्क नम्बर ९७६८४९२४००, ९७६६९७०८१२ र ९७६६५५८७६५ मा खबर गरी सहयोग गरिदिन अपिल गरेका छन्।

मंसिर १२, २०८२ शुक्रबार ०८:०९:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।