सर्वोच्च अदालत जलाएको आरोपमा कानुनका विद्यार्थी ढुङ्गेल पक्राउ, माओवादी पार्टीमा आबद्ध

सर्वोच्च अदालत जलाएको आरोपमा कानुनका विद्यार्थी ढुङ्गेल पक्राउ, माओवादी पार्टीमा आबद्ध

काठमाडौं : जेनजी आन्दोलनको क्रममा सर्वोच्च अदालत जलाएको आरोपमा माओवादीका विद्यार्थी नेता पक्राउ परेका छन्। नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति विष्णु ढुङ्गेललाई प्रहरीले बुधवार सर्वोच्च अदालत जलाउन संलग्न रहेको आरोपमा पक्राउ गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बुधवार पक्राउ गरेको हो। जेनजी आन्दोलनको भिडियोको विश्लेषण र संलग्नहरूबारे प्रहरीले गरेको अनुसन्धानमा उनको संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले मंगलबार सर्वोच्च अदालत जलाएको आरोपमा पाँच जना पक्राउ गरेको थियो। ढुङ्गेलको पक्राउसँगै सर्वोच्च तोडफोड र जलाउन संलग्न रहेको आरोपमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ।

मंसिर १०, २०८२ बुधबार १८:४३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।