सिंहदरबार प्रवेश गर्न खोज्ने मिरज नेतृत्वको ‘जेन-जी’ समूहलाई प्रहरीले रोक्यो

सिंहदरबार प्रवेश गर्न खोज्ने मिरज नेतृत्वको ‘जेन-जी’ समूहलाई प्रहरीले रोक्यो

काठमाडौं : सिंहदरबार प्रवेश गर्ने प्रयासमा रहेको ‘जेन-जी’समूहलाई प्रहरीले रोकेको छ।

मंगलबार मिरज ढुंगानाको नेतृत्वमा रहेको उक्त समूहले सिंहदरबारभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरी त्यहाँबाट हटाएको हो।

निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै प्रहरीले उनीहरूलाई सिंहदरबारको दक्षिण गेट आसपासबाट हटाएर अनामनगरस्थित भाटभटेनीसम्म पुर्याएको थियो।

यसअघि सोमबार पनि उनीहरू नेपोबेबी अभियान हुँदै सडकसम्म पुगेको जेनजीहरुको भ्रष्टाचार विरोधी आन्दोलनको बलमा बनेको सरकारले नै नातावादका आधारमा परिवारका सदस्यलाई सरकारी नियुक्ति दिएको भन्दै प्रधानमन्त्री कार्कीलाई विरोध स्वरूप ज्ञापन पत्र बुझाउन सिंहदरबार गएका थिए।

प्रधानमन्त्री सुशीला कार्कीको मुख्य स्वकीय सचिव आदर्श श्रेष्ठले प्रधानमन्त्रीको सचिवालयमा आफ्नो श्रीमती नियुक्त गरेको विरोधमा ज्ञापन पत्र बुझाउन सिंहदरबार पुगेका मिरज ढुंगानासहितको समूहलाई सिंहदरबार छिर्नै नदिएपछि उनीहरूले गेटमै ज्ञापन पत्र टाँसेर फर्किएका थिए।

मंसिर ९, २०८२ मंगलबार १४:०६:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।