पोखरामा ‘केई’ र ‘फोर्थिङ’ इभीको नयाँ शोरुम सञ्चालनमा, बुकिङमा आकर्षक अफर
पोखरा : नेपालका लागि केई र फोर्थिङ इलेक्ट्रिक सवारीसाधनको आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटीले पोखरामा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।
सोमबार पोखराको बुद्धचोकमा एक कार्यक्रमका बीच नयाँ शोरुमको औपचारिक उद्घाटन गरिएको हो।
यो नयाँ शोरुम सञ्चालनमा आएपछि पश्चिम नेपालमा केई र फोर्थिङ ब्रान्डको उपस्थिति थप बलियो बनेको छ।
कम्पनीले आधुनिक, दिगो र भविष्यमुखी विद्युतीय सवारीसाधनमा ग्राहकको पहुँच विस्तार गर्ने उद्देश्यले शोरुम खोलेको जनाएको छ।
शोरुम उद्घाटनको अवसरमा कम्पनीले ‘ग्रान्ड ओपनिङ अफर’ सार्वजनिक गरेको छ।
योजना अन्तर्गत गाडी बुकिङ गर्ने ग्राहकहरूले नगद छुटको साथमा बोस ब्रान्डका होम अप्लायन्सेस, एक वर्षको लागि निःशुल्क ‘अटो प्लस बीमा’ र सडक कर तथा प्रत्येक बुकिङमा एक रातको आकर्षक ‘स्टे-प्याकेज’ दिनेछ।
दिगो यातायात प्रवर्द्धन गर्ने उद्देश्यले लक्ष्मी ग्रुपले देशभर चार्जिङ नेटवर्क विस्तारलाई तीव्रता दिएको छ।
कम्पनीले ‘रि-ल्याक्स रिचार्ज नेटवर्क’मार्फत हालसम्म देशभर ६३ भन्दा बढी स्थानमा चार्जिङ तथा मर्मत केन्द्रहरू सञ्चालनमा ल्याइसकेको छ।
बुद्धचोकस्थित नयाँ शोरुमले गण्डकी प्रदेशमा बढ्दै गएको विद्युतीय सवारीको मागलाई सम्बोधन गर्ने र ग्राहकलाई थप नजिकबाट सेवा दिने अपेक्षा गरिएको छ।
कम्पनीले शोरुम भ्रमण गरी नयाँ सुविधाहरूको अवलोकन गर्न ग्राहकहरूलाई आग्रह गरेको छ।
मंसिर ९, २०८२ मंगलबार ११:३८:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।