जेनजी आन्दोलनमा २२ सय भौतिक संरचनामा क्षति, पुनर्निर्माण सुरु गर्दै सरकार

जेनजी आन्दोलनमा २२ सय भौतिक संरचनामा क्षति, पुनर्निर्माण सुरु गर्दै सरकार

काठमाडौँ : सरकारले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त घर र संरचनाको पुनर्निर्माणको काम सुरु गरेको छ। शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलका अनुसार आन्दोलनका क्रममा करिब दुई हजार २ घर एवं संरचनामा क्षति पुगेको थियो।

क्षतिग्रस्त संरचनामध्ये एक हजार ३ सय सरकारी भवन रहेको उनले जानकारी दिए। मन्त्रालयले क्षतिग्रस्त संरचनामध्ये ६ सय सङ्घीय भवन पुनः निर्माणको जिम्मा लिएको र तीमध्ये २ सयदेखि २ सय ५० भवनको विस्तृत इन्जिनियरिङ मूल्याङ्कन अघि बढाइएको उनले बताए।

उनले दुई महिनाभित्र डिजाइन र लागत अनुमानसहितको प्रतिवेदन तयार गर्ने प्रयास भइरहेको बताए। उनले प्रतिवेदन पाए लगत्तै पुनर्निर्माण प्रक्रिया सुरु हुने र त्यसका लागि आवश्यक बजेट पुनः निर्माण कोषमार्फत परिचालित हुने बताए।

-रासस

मंसिर ८, २०८२ सोमबार २१:०६:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।