मुख्य सचिवमा सात महिना अवधी रहेका अर्याल नियुक्त, सरकार बरियतामा कायमै
काठमाडौं : नेपाल सरकारले रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अवकाशका लागि सात महिना बाँकी रहेका अर्याललाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले अर्याललाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए। हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण मङ्सिर १० गते अनिवार्य अवकाशमा जाँदैछन्।
पदावधि छोटो भए पनि बरियताक्रममा अगाडि रहेका अर्याललाई सरकारले मुख्य सचिव नियुक्त गरेको हो। यस अगाडिका नियुक्तिमा पनि सरकारले बरियतालाई मिचेको छैन। राष्ट्रिय अनुसन्धान विभाग र नेपाल प्रहरीको प्रमुख नियुक्तिमा पनि सरकारले वरीयतालाई नै पछ्याएको हो।
मंसिर ८, २०८२ सोमबार १७:२६:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।