सामसङ नेपालको ‘वार्म विन्टर अफर’, वाशिङ मेसिन र रेफ्रिजिरेटरमा २३ प्रतिशतसम्म छुट

सामसङ नेपालको ‘वार्म विन्टर अफर’, वाशिङ मेसिन र रेफ्रिजिरेटरमा २३ प्रतिशतसम्म छुट

काठमाडौं : जाडो मौसमलाई मध्यनजर गर्दै सामसङ नेपालले ‘वार्म विन्टर अफर’ सार्वजनिक गरेको छ।

जाडो यामलाई थप सहज र आरामदायक बनाउने उद्देश्यले कम्पनीले वाशिङ मेसिन र रेफ्रिजिरेटरको खरिदमा आकर्षक छुट तथा क्यासब्याकको घोषणा गरेको हो।

यो योजना नोभेम्बर २१ देखि आगामी जनवरी १४ सम्म नेपालभरका आधिकारिक सामसङ बिक्रेताहरूमा लागू हुनेछ।

अफर अन्तर्गत ग्राहकहरूले वाशिङ मेसिनमा अधिकतम २३ प्रतिशत र रेफ्रिजिरेटरमा १७ प्रतिशतसम्म इन्स्ट्यान्ट क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरूले ७ केजीदेखि १२ केजी क्षमतासम्मका एआई इकोबबल वाशर ड्रायर, फ्रन्ट लोड, फुल्ली अटोमेटिक टप लोड र सेमी अटोमेटिक टप लोड वाशिङ मेसिनहरूमा छुट पाउनेछन्।

त्यस्तै, सिंगल डोर, डबल डोर र साइड-बाइ-साइड रेफ्रिजिरेटरहरूमा पनि नगद छुटको व्यवस्था गरिएको छ।

सामसङले आफ्ना वाशिङ मेसिन र रेफ्रिजिरेटरमा प्रयोग हुने डिजिटल इन्भर्टर टेक्नोलोजी मोटरमा २० वर्षको वारेन्टी प्रदान गरेको छ। साथै, सबै मोडेलमा निःशुल्क जडानको सुविधा पनि उपलब्ध छ।

यसका अलावा, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडसँगको सहकार्यमा सञ्चालित ‘सामसङ इन्स्टाफाइनान्स’ मार्फत ग्राहकहरूले ० प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दीमा सामान खरिद गर्न सक्नेछन्।

यो प्रक्रिया झन्झटरहित रहेको र नागरिकताको आधारमा मात्रै पनि फाइनान्स सुविधा लिन सकिने कम्पनीले जनाएको छ।

साथै, ‘आर्कोस्टोर’ मार्फत वा आधिकारिक रिटेल स्टोरहरूबाट पुराना उपकरणहरू साटेर नयाँ सामसङ टिभी वा होम अप्लायन्समा अपग्रेड गर्ने सुविधा पनि उपलब्ध गराइएको छ।

मंसिर ८, २०८२ सोमबार १०:३०:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।