रुस-युक्रेन युद्ध अन्त्य गर्ने वार्तापछि अमेरिकाले के भन्यो?
एजेन्सी : अमेरिकाद्वारा प्रस्तावित शान्ति योजनालाई अन्तिम रूप दिन भइरहेको वार्तामा 'उल्लेखनीय प्रगति' भएको छ। यो जानकारी अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दिएका हुन्।
स्विट्जरल्याण्डको जेनेभामा युक्रेनी र युरोपेली वार्ताकारहरूसँगको भेटपछि रुबियोले भने, ‘वार्ता सकारात्मक छ, तर अझै केही काम गर्न बाँकी छ।’
यसैबीच, युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टोलीले युक्रेनको कुरा सुनिरहेको संकेत आफूले पाइरहेको बताएका छन्।
यसअघि सार्वजनिक भएका प्रस्तावहरू रुसको पक्षमा रहेको भन्दै युक्रेन र उसका युरोपेली सहयोगी राष्ट्रहरूले चिन्ता व्यक्त गरेका थिए। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने ती प्रस्तावहरूलाई 'समाधानको आधार' भन्दै स्वागत गरेका थिए।
राष्ट्रपति जेलेन्स्कीले युक्रेनसामु अहिले निकै कठिन विकल्प रहेको बताएका छन्।
उनले भने, ‘हामीले या त आफ्नो 'आत्मसम्मान गुमाउने जोखिम' मोल्नुपर्नेछ, या त 'एक महत्वपूर्ण साझेदार गुमाउने खतरा' को सामना गर्नुपर्नेछ।’
मंसिर ८, २०८२ सोमबार ०७:३९:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।