जेनजी आन्दोलनकोक्रममा सर्वोच्च अदालत जलाएको आरोपमा दुई जना पक्राउ
काठमाडौँ : जेनजी आन्दोलनकोक्रममा सर्वोच्च अदालत तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा ज्योति थापा घताने र सुशील श्रेष्ठलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले अदालत तोडफोड, आगजनी र सुरक्षाकर्मीको हतियार लुटपाटमा संलग्न रहेको आरोपमा झापा भद्रपुरका २८ वर्षीय घताने र ललितपुरको महालक्ष्मीस्थानका ३० वर्षीय श्रेष्ठलाई आइतबार पक्राउ गरेको हो।
परिसरका प्रवक्ता पवनकुमार भट्टराईले भदौ २४ गते जेनी आन्दोलनका क्रममा सर्वोच्च अदालतको भवनमा तोडफोड, आगजनी तथा लुटपाट गर्ने, सुरक्षाकर्मीको हतियार लुटपाट तथा प्रदर्शन गर्ने, आपराधिक कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको बताए। पक्राउ परेका उनीहरूलाई जिल्ला अदालत काठमाडौँबाट आपराधिक उपद्रव गर्न नहुने कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए।
जेनजी आन्दोलनकोक्रममा सर्वोच्च अदालतमा भएको तोडफोड र आगजनीको विवरण संकलन गरेर अनुसन्धान र कार्वाहीका लागि अदालत प्रशासनले प्रहरीमा जाहेरी दिइसकेको छ। त्यसैको आधारमा भएको अनुसन्धानकोक्रममा उनीहरू पक्राउ परेका हुन्।
सम्बन्धित समाचार
मंसिर ७, २०८२ आइतबार २१:४३:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।