प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनमा भाग लिन कांग्रेसले दल दर्ता  गरायो

प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनमा भाग लिन कांग्रेसले दल दर्ता  गरायो

काठमाडौं : राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ। आइतबार पार्टीले आयोगको कार्यालयमा दुवै निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि दल दर्ता गराएको हो।

कांग्रेसले शनिवार प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गरेको थियो। राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुँदैछ। प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा गर्ने सरकारको तयारी छ।

उता अर्को ठूलो दल एमालेले भने सुशीला कार्की नेतृत्वको सरकार अवैध रहेको भन्दै प्रतिनिधि सभा पुनर्स्थापनाको माग उठाइरहेको छ। निर्वाचनमा सहभागी हुने या नहुनेबारे एमालेले प्रस्ट खुलाएको छैन। दलले कार्कीले निर्वाचन गराउन नसक्ने दाबी गर्दै आएको छ।

मंसिर ७, २०८२ आइतबार १७:३४:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।