रेडियो-अडियोका सञ्चालक दीपेन्द्रको शव घरको बरन्डामा भेटियो
काठमाडौं : रेडियो अडियो एफएमका सञ्चालक दीपेन्द्र खनियाँ आफ्नै घरमा मृत फेला परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनी आइतबार मध्यान्ह १२ बजेतिर घरको बरन्डामा मृत फेला परेका हुन्। तारको पासो लगाएर झुन्डिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले घटनास्थलको मुचुल्का गरेर उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको छ। खनियाँ रेडियो अडियोका चर्चित कार्यक्रम प्रस्तोता समेत थिए।
मंसिर ७, २०८२ आइतबार १७:२७:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।