प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणा आज

प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणा आज

काठमाडौं : माओवादी पूर्व उपमहासचिव जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व प्रमुख सचेतक सन्तोष परियार र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक दुर्गा सोब पक्ष मिलेर बनेको 'प्रगतिशील लोकतान्त्रिक पार्टी'को घोषणा आज (आइतबार) गरिँदै छ।

काठमाडौंको राष्ट्रिय सभागृहमा आज वृहत् एकता घोषणा सभाको आयोजना गरिएको छ। कार्यक्रममा अन्य समूहलाई पनि एकतामा ल्याइने बताइएको छ। कात्तिक २८ गते नेसपा नयाँ शक्तिसहित प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबीच एकता सहमतिमा हस्ताक्षर भएको थियो।

पार्टीमा समावेशी चरित्रको हुने गरी अध्यक्ष परिषद् गठन गर्ने तयारी छ। यही परिषद्ले पार्टीमा कार्यकारी भूमिका खेल्ने नेताहरूले बताएका छन्। पार्टीको चुनाव चिन्ह आँखा हुने छ। पार्टीको संरक्षकमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई रहने छन्। 

माओवादीसहित १० दलको एकता हुने भएपछि जनार्दन शर्माले प्रचण्डको साथ छाड्दै नयाँ अभियान सुरु गरेका थिए। यता, पार्टीको चरित्र र बनावटमा असन्तुष्टि जनाउँदै सन्तोष परियार पनि रास्वपाबाट अलग भएका थिए।

मंसिर ७, २०८२ आइतबार ०९:१९:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।