मोबाइल चोरीको आरोपमा कुटपिट गर्दा युवकको मृत्यु
राजविराज : मोबाइल चोरी गरेको आरोपमा कुटपिट गर्दा एक युवकको मृत्यु भएको छ। सप्तरीको राजगढ गाउँपालिका-६ फकिरा घर भई राजविराज नगरपालिका-१६ बोरिया बस्दै आएका मुकेश यादवको आज मृत्यु भएको प्रहरीले जनाएको छ।
उन्नाइस वर्षीय यादवको उपचारका क्रममा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले बताए।
प्रहरीका अनुसार दुई दिनअगाडि बोरियास्थित छिमेकी सरोकुमारी साहको मोबाइल हराएको थियो। उक्त मोबाइल मुकेशले नै चोरी गरेको भन्दै साहले कुटपिट गरेपछि घाइते भएका यादवको उपचारका क्रममा मृत्यु भएको हो। घट्नाबारे अनुसन्धान भइरहेको प्रहरी जनाएको छ।
मंसिर ६, २०८२ शनिबार २१:२१:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।