प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर गर्दै निर्वाचनमा जाने कांग्रेसको निर्णय

प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर गर्दै निर्वाचनमा जाने कांग्रेसको निर्णय

काठमाडौं : नेपाली कांग्रेसले फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको छ। कांग्रेस केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभा निर्वाचन र माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनमा भाग लिने निर्णय गरेको हो।

महामन्त्री गगन थापाका अनुसार दुवै निर्वाचन प्रयोजनका लागि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णयसमेत कांग्रेसले गरेको छ। तर कांग्रेसले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै उक्त विषय सर्वोच्च अदालतले नै टुङ्गो लगाउने पनि जनाएको छ। 

कांग्रेसले सरकारलाई निर्वाचनको वातावरण बनाउन, जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारहरू फिर्ता ल्याउन र फरार भएका कैदीहरूलाई पनि पुनः कारागारमा फर्काउन सरकारलाई अनुरोधसमेत गरेको छ।

त्यस्तै महामन्त्री थापाले आगामी निर्वाचनका लागि पार्टीले महाधिवेशनमार्फत नयाँ नेतृत्व लिएर अघि बढ्ने पनि बताए। उनले महाधिवेशनको कुरा विधानमै उल्लेख भएकाले सोही अनुसार अघि बढ्ने पनि सुनाए।

मंसिर ६, २०८२ शनिबार १७:४१:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।