फागुन २० गतेसम्म १८ वर्ष पूरा हुनेले मतदान गर्न पाउने

फागुन २० गतेसम्म १८ वर्ष पूरा हुनेले मतदान गर्न पाउने

काठमाडौं : निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाताको उमेर हद निर्धारण गरेको छ।

आयोगले मतदान हुने अघिल्लो दिन अर्थात् आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई मतदाता हुन पाउने अन्तिम समयसीमा कायम गर्ने निर्णय गरेको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको विवरण यही मंसिर २० गते आयोगको वेबसाइटमा प्रकाशन गरिनेछ।

उक्त नामावलीमा कुनै त्रुटि देखिएमा वा उजुरी गर्नु परेमा मंसिर २१ देखि २७ गतेसम्मको समय तोकिएको छ।

नामावलीमा दाबी विरोध र त्रुटि सच्याउने प्रक्रिया सकिएपछि आगामी पुस १५ गते आयोगले मतदाताको अन्तिम नामावाली सार्वजनिक गर्ने प्रवक्ता भट्टराईले जानकारी दिए।

मंसिर ५, २०८२ शुक्रबार १२:३२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।