नवलपुरको मध्यविन्दुमा बस दुर्घटना, २० जना घाइते

नवलपुरको मध्यविन्दुमा बस दुर्घटना, २० जना घाइते

नवलपुर : पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकामा आज बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्।

नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २८४५ नम्बरको बस मध्यविन्दु-८ स्थित खजुरी खोला नजिकै अनियन्त्रित भई दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपालका अनुसार दुर्घटनामा घाइते भएका सबै २० जनाको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ।

घटनालगत्तै प्रहरी चौकी तम्सरियाबाट खटिएको टोलीले घाइतेहरूको उद्धार गरी अस्पताल पुर्याएको थियो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मंसिर ५, २०८२ शुक्रबार १२:०९:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।