दल दर्तापछि सुशीला कार्की भेट्न प्रधानमन्त्री निवास गए विप्लव

दल दर्तापछि सुशीला कार्की भेट्न प्रधानमन्त्री निवास गए विप्लव

काठमाडौं : निर्वाचन आयोगले प्रस्ताव गरेको दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी) दर्ता गरेर चुनाव चिन्ह दिएपछि सो पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्माले बालुवाटार गएर प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेका छन्।

विप्लव र विश्वकर्मा प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटारमा रहेको सरकारी निवासमा गएका हुन्। तर उनीहरुबीच भेटको प्रशंग भने खुलेको छैन। प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले समसामयिक राजनीतिक विषयमा आफ्ना विचार राखेको दाबी गरे।

'विद्रोहको बलमा बनेको यो सरकारलाई हाम्रो पूरा साथ र समर्थन छ,' महासचिव विप्लवको भनाई उदृत गर्दै रावलले भने, 'अहिलेको अवस्थाको सुरक्षित निकासका लागि राजनीतिक समझदारीलाई अझै बृहत् बनाउँदै लैजाऔं। जेनजीले आन्दोलनका क्रममा उठाएका मागहरू पूरा गरौं।'

मंसिर ४, २०८२ बिहीबार २१:४७:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।