‘जेन-जी आन्दोलन’मा केन्द्रीय कारागारबाट फरार कैदी मकवानपुरबाट पक्राउ

‘जेन-जी आन्दोलन’मा केन्द्रीय कारागारबाट फरार कैदी मकवानपुरबाट पक्राउ
फाइल तस्बिर

मकवानपुर : ‘जेन-जी आन्दोलन’का क्रममा काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका एक कैदीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका-९, बस्नेत टोल निवासी ३२ वर्षीय भूपेन्द्र बस्नेत रहेका छन्।

गत भदौ २४ गते भएको आन्दोलनको फाइदा उठाउँदै कारागारबाट भागेका बस्नेतलाई इलाका प्रहरी कार्यालय पालुङको टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका बस्नेतलाई आवश्यक प्रक्रिया पूरा गरी भीमफेदी कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मंसिर ४, २०८२ बिहीबार ०९:५९:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।