चितवनको त्रिशुली नदी किनारमा बेवारिसे शव फेला, पहिचान खुल्न बाँकी
चितवन : चितवनको इच्छाकामना गाउँपालिका-६, कालीखोला स्थित त्रिशुली नदी किनारमा एक पुरुषको बेवारिसे शव फेला परेको छ।
मंगलबार बिहान अन्दाजी १०:४० बजे नदी किनारमा घोप्टो परेको अवस्थामा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
अस्थायी प्रहरी पोस्ट जलबिरेबाट करिब ५ किलोमिटर पश्चिममा फेला परेको उक्त शवको पहिचान खुल्न सकेको छैन।
प्रहरीका अनुसार मृतक अन्दाजी ४५ देखि ५० वर्ष उमेर समूहको जस्तो देखिने पुरुष हुन्। उनले शरीरमा ट्रयाक र कालो रङको टिसर्ट लगाएका छन्।
प्रहरीले घटनास्थलको मुचुल्का उठाई शवलाई पोस्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाएको छ। शवलाई दिउँसो १२:०५ बजे अस्पताल पुर्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मंसिर ४, २०८२ बिहीबार ०९:४५:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।