फन्डिङ रोक्ने धम्की र खुला चुनौतीपछि ट्रम्प र ममदानी एउटै टेबलमा, शुक्रबार हुँदैछ विशेष भेट

फन्डिङ रोक्ने धम्की र खुला चुनौतीपछि ट्रम्प र ममदानी एउटै टेबलमा, शुक्रबार हुँदैछ विशेष भेट

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कका मेयर जोहरान ममदानीसँग भेटवार्ता गर्ने भएका छन्। राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत यसको जानकारी दिएका हुन्।

ट्रम्पले लेखेका छन्, ‘न्युयोर्कका कम्युनिस्ट मेयर जोहरान ममदानीले मसँग भेट्ने समय मागेका छन्। हामी आगामी शुक्रबार, नोभेम्बर २१ का दिन ह्वाइट हाउसको ओभल अफिसमा भेट्न सहमत भएका छौँ।’

राष्ट्रपति ट्रम्प र मेयर ममदानीबीचको सम्बन्ध तनाबपूर्ण रहँदै आएको छ। मेयरको चुनाव हुनुअघि ट्रम्पले ममदानीलाई भोट नदिन जनतासँग अपिल गरेका थिए।

यदि न्युयोर्कले ममदानीलाई जिताएमा शहरलाई दिइने बजेट (फन्डिङ) कटौती गर्ने चेतावनी समेत ट्रम्पले दिएका थिए।

यता, चुनाव जितेपछि मेयर ममदानीले आफ्नो भाषणका क्रममा क्यामेरातिर हेर्दै राष्ट्रपति ट्रम्पलाई सिधा चुनौती दिएका थिए।

उनले भनेका थिए, ‘डोनाल्ड ट्रम्प, मलाई थाहा छ तपाईँले हेरिरहनुभएको छ, मसँग तपाईँका लागि चार शब्द छन्- टर्न द भोल्युम अप (आवाज ठूलो बनाउनुहोस्)।’

ममदानीले चुनाव जितेको भोलिपल्ट ट्रम्पले अब मानिसहरू ‘न्युयोर्क छाडेर भाग्नेछन्’ भन्ने टिप्पणी गरेका थिए। तर, अहिले दुवै नेता भेटवार्ताका लागि तयार भएका छन्।

मंसिर ४, २०८२ बिहीबार ०९:१३:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।