कीर्तिमान बनाउँदै नितिश कुमार, १०औँ पटक बिहारको मुख्यमन्त्रीको शपथ लिँदै
एजेन्सी : जनता दल युनाइटेड (जेडियु)का नेता नितिश कुमारले आज कीर्तिमानी रूपमा १०औं पटक नेपालको छिमेकी भारतीय राज्य बिहारको मुख्यमन्त्री पदको शपथ लिने भएका छन्।
बुधबार एनडिए (राष्ट्रिय लोकतान्त्रिक गठबन्धन)को बैठकमा विधायक दलको नेता चुनिएपछि नितिश कुमारले साँझ राज्यपाल आरिफ मोहम्मद खानसँग भेट गरेका थिए।
उनले एनडिएका अन्य नेताहरूसँग मिलेर बिहारमा नयाँ सरकार बनाउने दाबी पेस गरेका हुन्।
बिहारको यो नयाँ सरकारको शपथ ग्रहण समारोह पटनाको गान्धी मैदानमा हुनेछ।
उक्त विशेष समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुनेछन्। साथै, गृहमन्त्री अमित शाह बुधबार साँझ नै पटना पुगिसकेका छन्।
मंसिर ४, २०८२ बिहीबार ०७:५२:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।