नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा काठमाडौँका १३ शाखामा

नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा काठमाडौँका १३ शाखामा

काठमाडौँ : नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ सेवा काठमाडौँ उपत्यकाका १३ शाखामा विस्तार गरेको छ। हालसम्म तीनधारास्थित केन्द्रीय कार्यालयमा मात्र उपलब्ध यो सेवा अब उपत्यकाका मुख्य शाखाहरूबाटै लिन सकिने बैंकले जनाएको छ।

बैंकका अनुसार ग्राहकलाई छिटो, सहज र डिजिटल बैंकिङ अनुभव दिलाउने उद्देश्यले अपोइन्टमेन्ट बैंकिङ सेवा विस्तार गरिएको हो। विशेषगरी व्यस्त पेशाकर्मी, व्यवसायी तथा सीमित समय हुने ग्राहकलाई लाइनमा नबसी सेवा पाउने व्यवस्था मिलाइएको छ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले सेवा विस्तारले बैंक र ग्राहक सम्बन्ध अझ सुमधुर र भरोसायोग्य बन्ने विश्वास व्यक्त गरे।

“नबिल बैंक नविनतम सेवा सहज तरिकाले प्रदान गर्न प्रतिबद्ध छ। अपोइन्टमेन्ट बैंकिङ सेवाले ग्राहकलाई आफ्नै अनुकूल समय छनोट गरी सेवा लिन सहयोग पुर्याउनेछ,” भन्दै उनले डिजिटल प्रविधिमा आधारित बैंकिङलाई थप प्रभावकारी बनाइने बताए।

कुन–कुन शाखामा सेवा उपलब्ध?

अपोइन्टमेन्ट बैंकिङ सेवा यी १३ शाखामा सञ्चालनमा छः
कौशलटार, बौद्ध, नयाँ बानेश्वर, मैतिदेवी, काँडाघारी, बिजुली बजार, तीनधारा, ललितपुर, घण्टाघर, कुमारीपाटी, महाराजगञ्ज, न्यूरोड र त्रिपुरेश्वर।

के–के सेवामा फाइदा?

-नगद कारोबार

-चेक कारोबार

-लाइनमा नबसिकन छिटो सेवा

-डिजिटल प्रविधिबाट कार्य छरितो

ग्राहकले नबिल बैंकको वेबसाइट वा एनबैंक एपबाट सजिलै अपोइन्टमेन्ट बुक गर्न सक्ने बताएको छ।

नबिल बैंकले अहिले २५ लाखभन्दा बढी ग्राहकलाई, देशभरिका २६८ शाखा र ३२१ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ।

मंसिर ३, २०८२ बुधबार २२:३८:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।