हत्या अभियोगमा फरार सरोज पक्राउ, २०७६ बाटै आपराधिक गतिविधिमा थिए संलग्न
बाँके : ज्यान मार्ने उद्ध्योगमा फरार रहेका सरोज विक्रम विष्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेले धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको घटनामा फरार रहेका उनीसहित तीन जनामध्ये विष्टलाई पक्राउ गरेको हो।
बाँकेका एसपी अङ्गुर जिसीका अनुसार उनी विरुद्ध २०८१ चैत १९ मा मुद्दा दर्ता भएर बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भए पनि उनी पक्राउ परेका थिएनन्। उनलाई मंगलबार नेपालगन्ज उपमहानगरपालिका १२ बाट पक्राउ गरेर अदालतमा पेस गरिएको छ।
प्रहरीको अभिलेखमा उनी विभिन्न अपराधमा संलग्न रहेको खुलेको छ। उनी विरुद्ध २०७६ मा इलाका प्रहरी कार्यालय कोहलपुरमा ज्यान मार्ने उद्योग, सार्वजनिक सम्पत्ति तोडफोड र जिल्ला प्रहरी कार्यालय बाँकेमा ज्यान मार्ने उद्योगको आपराधिक रेकर्ड देखिएको छ।
मंसिर ३, २०८२ बुधबार १६:४५:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।