सात हजार एमएएच ब्याट्री र ८० वाट फास्ट चार्जिङसहित ओपो ए६ प्रो नेपालमा, मूल्य कति?
काठमाडौं : ओपोले लामो समय टिक्ने ब्याट्री र मजबुत डिजाइनसहितको नयाँ स्मार्टफोन ‘ओपो ए६ प्रो’ नेपाली बजारमा सार्वजनिक गरेको छ।
यस फोनको मुख्य आकर्षण सात हजार एमएएचको शक्तिशाली ब्याट्री र ८० वाट सुपरभुक फास्ट चार्जिङ हो, जसले करिब एक घण्टामै ब्याट्री फुल चार्ज गर्न सक्छ।
दैनिक प्रयोगलाई सहज बनाउन फोनमा १२० हर्जको एमोलेड डिस्प्ले र १४ सय निट्स पिक ब्राइटनेस दिइएको छ।
स्टेलर ब्लु र रोजउड रेड गरी दुई रङमा उपलब्ध यो फोनको संरचना झट्का-प्रतिरोधी बनाइएको छ, जसले गर्दा यो टिकाउ हुने कम्पनीले जनाएको छ।
कनेक्टिभिटीका लागि यसमा एआई लिंकबुस्ट ३.० प्रविधि प्रयोग गरिएको छ, जसले कमजोर नेटवर्क भएको ठाउँमा पनि स्थिर सिग्नल प्रदान गर्न मद्दत गर्छ।
ओपोको ट्रिनिटी इन्जिनले फोनको मल्टिटास्किङ र गेमिङ अनुभवलाई अझ प्रभावकारी बनाउने दाबी निर्माण कम्पनीको छ।
८ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध यो फोनको मूल्य ४० हजार ९९९ रुपैयाँ तोकिएको छ।
मंसिर ३, २०८२ बुधबार १३:२९:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।