सिप्रदीको लक्की ड्र : इस्टर्न रोडलाइफले जित्यो पल्सर मोटरसाइकल, सगर राउतलाई स्कुटर

सिप्रदीको लक्की ड्र : इस्टर्न रोडलाइफले जित्यो पल्सर मोटरसाइकल, सगर राउतलाई स्कुटर

काठमाडौं : सिप्रदी अटोपार्ट्स प्रालिले सञ्चालन गरेको ‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ योजनाका विजेताहरू घोषणा गरिएको छ।

कम्पनीले कार्तिक २८ गते (नोभेम्बर १४) आयोजना गरेको ‘टाटा जेन्युइन पार्ट्स टाइगर्स मिट २०२५’ कार्यक्रमका बीच लक्की ड्रमार्फत विजेता सार्वजनिक गरेको हो। उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण कम्पनीको आधिकारिक फेसबुक पेजमार्फत गरिएको थियो।

गोलाप्रथाद्वारा छानिएका विजेताहरूको नतिजा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालक अधिकृत राजेशप्रसाद गिरी, उपाध्यक्ष सौरभ थपलिया तथा अटोपार्ट्सका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले सार्वजनिक गरेका थिए।

योजनाको बम्पर उपहार स्वरूप राखिएको बजाज पल्सर १५० सीसी मोटरसाइकल इस्टर्न रोडलाइफले जितेको छ। उक्त फर्मले विराटनगरस्थित बगलामुखी मोटर ट्रेडर्सबाट सामान खरिद गरेको थियो।

त्यस्तै, दोस्रो पुरस्कार टिभिएस एनटर्क १२५ सीसी स्कुटर काठमाडौंको कुलेश्वरस्थित विज्ञान अटोमोबाइल्सका ग्राहक सगर राउतले हात पारेका छन्।

यसैगरी, बुटवलको गण्डकी अटो ट्रेडिङबाट खरिद गर्ने गोयन्का फुड्स प्रा.लि. ले स्मार्ट टिभी जितेको छ भने दमकको एस.टी. ट्रेडर्सबाट खरिद गर्ने वन्डरल्याण्ड बोर्डिङ स्कुलले स्मार्टफोन प्राप्त गरेको छ।

कम्पनीका अनुसार टाटा जेन्युइन पार्ट्स, टाटा मोटर्स अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्सले सवारीसाधनको सुरक्षा र दीर्घायुमा पुर्याएको योगदानका कारण ग्राहकको विश्वास बढ्दै गएको छ।

सिप्रदीले भविष्यमा पनि गुणस्तरीय पार्ट्स र भरपर्दो बिक्रीपछिको सेवामार्फत ग्राहकको विश्वासलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाएको छ।

मंसिर ३, २०८२ बुधबार ११:०१:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।