रियलमी १५ प्रो ५जी नेपालमा सार्वजनिक, मूल्य ६६ हजार ९९९ देखि शुरू

रियलमी १५ प्रो ५जी नेपालमा सार्वजनिक, मूल्य ६६ हजार ९९९ देखि शुरू

काठमाडौं : विश्वको अग्रणी स्मार्टफोन ब्रान्ड रियलमीले ‘अल्टिमेट एआई पार्टी फोन’ को उपनामसहित आफ्नो नयाँ स्मार्टफोन ‘रियलमी १५ प्रो ५जी’ नेपाली बजारमा सार्वजनिक गरेको छ।

विशेषगरी युवा वर्गलाई लक्षित गर्दै डिजाइन, प्रदर्शन र एआई फिचरमा जोड दिइएको यो फोनमा स्न्यापड्रागन ७ जेन ४ प्रोसेसर, १४४ हर्जको अल्ट्रा-स्मूथ डिस्प्ले र ६५०० निट्सको उच्च ब्राइटनेस रहेको छ।

फोटोग्राफीका लागि सोनी आईएमएक्स ८९० ओआईएस (OIS) सहितको ५० मेगापिक्सेलको ट्रिपल रियर क्यामेरा र ५० मेगापिक्सेलको सेल्फी क्यामेरा जडान गरिएको यो फोनले ४के ६० एफपीएसमा भिडियो रेकर्डिङ गर्न सक्छ।

सात हजार एमएएचको शक्तिशाली ब्याट्री र ८० वाटको फास्ट चार्जिङ सपोर्ट रहेको यो फोन पानी तथा धुलो प्रतिरोधका लागि आईपी६९ सम्मको रेटिङसहित सुरक्षित बनाइएको छ।

फ्लोइङ सिल्भर र भेल्भेट ग्रीन रङमा उपलब्ध यस फोनको १२जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ६६ हजार ९९९ रुपैयाँ तथा ५१२ जीबी भेरियन्टको मूल्य ७१ हजार ९९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।

मंसिर ३, २०८२ बुधबार १०:३१:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।