ताप्लेजुङको तेम्बा बजारमा आगलागी, चार घर जलेर नष्ट

ताप्लेजुङको तेम्बा बजारमा आगलागी, चार घर जलेर नष्ट

फुङ्लिङ : ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-४ स्थित तेम्बा बजारमा गए राति भीषण आगलागी भएको छ। आगलागीबाट बजारका चारवटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्।

गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पाका अनुसार आगलागीबाट स्थानीय इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवाको घर जलेको हो।

आगलागीका कारण घरमा भण्डारण गरिएको खाद्यान्न, लत्ताकपडा तथा अन्य सामग्री जलेर नष्ट भएको छ।

उपाध्यक्ष शेर्पाले पीडितहरूसँग शरीरमा लगाएको एकसरो लुगाबाहेक केही बाँकी नरहेको जानकारी दिए। अहिले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको टोलीले घटनास्थलमा पुगेर क्षतिको यकिन विवरण सङ्कलन गरिरहेको छ।

मंसिर ३, २०८२ बुधबार ०९:४६:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।