सफ्टी हाइजिनलाई उत्कृष्ट करदाता सम्मान
काठमाडौं : सफ्टी हाइजिन प्रालि उत्कृष्ट करदाताको रूपमा सम्मानित भएको छ। आन्तरिक राजस्व कार्यालय मकवानपुरद्वारा १४ औँ राष्ट्रिय कर दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा सफ्टी हाइजिनले आर्थिक वर्ष २०८०/८१ को आयकरतर्फ सर्वाधिक भई सम्मान प्राप्त गरेको हो।
कार्यक्रममा सफ्टी हाइजिनका अध्यक्ष यादव घिमिरेले कर तिर्नु कानुनी दायित्व मात्र नभई समय सापेक्ष राष्ट्रको विकासमा योगदान दिनु पनि भएको बताए। उनले इमान्दारितापूर्वक कर तिर्ने करदातालाई सम्मानजनक व्यवहारको खाँचो रहेको औँल्याए। साथै सरकारी करदाताबीच कसैले बढी कर तिर्ने भन्ने प्रतिस्पर्धात्मक वातावरण बनाउन सके राजस्व प्रणालीमा उल्लेखनीय सुधार आउन सक्ने उल्लेख गर्दै उनले यसतर्फ पाइला चाल्न अनुरोध गरे।
सफ्टी हाइजिनले दश वर्षदेखि सेनेटरी प्याड, टिशु पेपर, डायपर, बेबी वाइप्स जस्ता उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ। कम्पनीका निर्देशक विजय पोखरेलले आगामी दिनमा गुणस्तरमा सुधार र उपभोक्तामैत्री उत्पादनमा ध्यान दिइने प्रतिबद्धता जनाए।
मंसिर १, २०८२ सोमबार २१:४०:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।