आज देशभरको मौसम सफा रहने

आज देशभरको मौसम सफा रहने

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले आज देशभरको मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरेको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले मौसम स्थिर रहेको हो।

महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा मात्र आंशिक बदली देखिनेछ भने बाँकी सबै स्थानमा मौसम सफा रहनेछ।

घमाइलो दिन हुने भएकाले यात्रा तथा अन्य बाहिरी कामका लागि मौसम अनुकूल रहने देखिन्छ।

त्यसैगरी, आज राति देशभरकै मौसम पूर्ण रूपमा सफा रहने पूर्वानुमान गरिएको छ।

मौसममा उल्लेख्य फेरबदल नआउने भएकाले तत्काल पानी पर्ने वा हिमपातको कुनै सम्भावना नरहेको महाशाखाले जनाएको छ।

मंसिर १, २०८२ सोमबार ०७:४३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।