डिम्ब तस्करीबारे मुद्दा नचल्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

डिम्ब तस्करीबारे मुद्दा नचल्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ : नाबालिकाको  डिम्ब तस्करीमा जोडिएको महान्यायाधिवक्ता सविता भण्डारीको कम्पनी र उनको छोरीसहितको अनुसन्धानको मुद्दा नचल्नेगरि महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। महान्यायाधिवक्ता कार्यालयले महान्यायाधिवक्ता सविता समेत सञ्चालक रहेको होप फर्टिलिटी सेन्टरका सञ्चालकविरुद्ध मुद्दा नचल्ने निर्णय गर्दै उनीहरूलाई न्यायिक परीक्षणबाट उन्मुक्ति दिएको थियो।

यसबारे प्रमाणसहित उकेराले कात्तिक २४ मा समाचार प्रकाशित गरेको थियो। यो प्रकरणबारे उकेराले निरन्तर प्रमाणसहितका सामग्री प्रकाशित गरिरहेको छ।

सो निर्णयविरुद्ध कानुनका विद्यार्थी उपेन्द्र राउत र आयुष मिश्रले आइतबार सर्वोच्चमा रिट दायर गरेका हुन्। रिटमा रिटमा रिटमा महान्यायाधिवक्ता बरालको प्रत्यक्ष स्वार्थ बाझिने मुद्दामा दबाब दिएर निर्णय गराएको भन्दै उनलाई तत्काल पदमुक्त गर्न समेत माग गरिएको छ। रिट पेस भए पनि दर्ताबारे निर्णय भने भएको छैन।

सविता समेत सञ्चालक रहेको र महान्यायाधिवक्ता नियुक्त हुनु अगाडि त्यसको पक्षमा बहस गरेकी थिइन्। होपमा उनीसहित उनको छोरी प्रत्यूषा बरालसमेत संलग्न छिन्। यो मुद्दामा उनी समेत प्रतिवादी थिइन्। अन्यमा सविताको आफन्त  सञ्चालक डा. स्वस्ति शर्मा, डा. मलिनी चौधरी र डा. असीम अधिकारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो। सञ्चालक भए पनि सविताले अनुसन्धानको बेलामा समेत उन्मुक्ति पाएकी थिइन। तर सिआइबीले बयान भने लिएको थियो।

सिआइबीले मुद्दा दायर गर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाए पनि जिल्ला न्यायधीवक्ताहुँदै महान्यायाधिवक्ता कार्यालयमा मुद्दा चलाउन नपर्नेगरि भएको निर्णय सदरका लागि पुगेको फाइल महान्यायाधिवक्ता कार्यालयले असोज ३१ मा सदर गरेको थियो।

रिटमा मुद्दा नचलाउने  निर्णयले संविधान, फौजदारी कानुन र पीडितको न्याय प्राप्त गर्ने हकलाई अवरुद्ध गरेको र भविष्यमा यस प्रकारको पत्र जारी गरी फौजदारी न्याय प्रणालीलाई  प्रभावित गराउन सक्ने तर्क समेत गरिएको छ।

सम्बन्धित समाचार

कात्तिक ३०, २०८२ आइतबार १८:१९:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।