दुर्गा प्रसाईँको समर्थनमा नागरिक बचाउ दल, दर्ताका लागि आयोगमा निवेदन

दुर्गा प्रसाईँको समर्थनमा नागरिक बचाउ दल, दर्ताका लागि आयोगमा निवेदन

काठमाडौं : दुर्गा प्रसाईँको समर्थनमा नागरिक बचाउ दल नाम राखेर निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ। आइतबार झापाका माधव प्रसाद खतिवडाको अध्यक्षतामा  २७ सदस्यीय केन्द्रीय समितिसहित दल दर्ताका लागि आयोगमा निवेदन दर्ता भएको हो।

प्रस्तावित दलको उपसभापति ईश्वरी प्रसाद भट्टराई (काठमाडौंं) र देवीप्रसाद सङ्ग्रौला छन्। महामन्त्री प्रेम कुमार थाम्सुहाङ (झापा), सहमहामन्त्री विष्णु बोहोरा क्षेत्री (नवलपरासी पूर्व), कोषाध्यक्ष सुष्मा रेग्मी रिजाल (मोरङ) र पार्टीको प्रवक्तामा प्रेम थापा मगर (पाल्पा) को नाम रहेको छ। 

पार्टीले माथि सेतो, तल रातो र बिचमा तारा अङ्कित चारकुने झन्डा प्रस्ताव गरेको छ भने चुनाव चिह्न मान्छेको जोडी पाइला प्रस्ताव गरेको छ।

कात्तिक ३०, २०८२ आइतबार १५:१७:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।