महोत्तरीमा करेन्ट लागेर एक कामदारको मृत्यु

महोत्तरीमा करेन्ट लागेर एक कामदारको मृत्यु

महोत्तरी : विद्युत् बिस्तारको काम गरिरहेका एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ। 

महोत्तरीको गौशाला नगरपालिका–९ र १० को भरतपुर र बटुवा बस्तीमा काम गरी रहेका जिल्लाकै सोनमा–३ गोबरैयाका २८ वर्षीय जयकुमार यादवको प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको परिवारजनले बताएका छन्।

निर्माण कम्पनी टाटा सप्लाईको विद्युत् बिस्तारमा ज्यालादारी कामदार रहेका यादवको  विद्युत् लाइन काटिएको सूचनाका आधारमा शुक्रबार तार तान्दै गर्दा विद्युतीय झट्का लागेको थियो। उनलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र गौशाला पुर्याइएकामा उपचार सम्भव नभएपछि जनकपुर प्रादेशिक अस्पताल लगिएको र  चिकित्सकले मृत घोषणा गरेका थिए। 

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मृतकका परिवारले विद्युत् प्राधिकरण कार्यालय गौशाला र टाटा सप्लाईको बर्दिबासस्थित कार्यालयले उचित क्षतिपूर्ति दिने लिखित प्रतिबद्धता गरेपछि मात्र अन्तिम संस्कार गर्ने बताएकाले क्षतिपूर्तिको व्यवस्थाका लागि पहल थालिएको बताए।

कात्तिक २९, २०८२ शनिबार १८:१३:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।