एनपीएलअघि क्यानको कार्यसमित बैठक बस्दै

एनपीएलअघि क्यानको कार्यसमित बैठक बस्दै

काठमाडौं : नेपाल क्रिकेट संघको कार्यसमिति बैठक बस्दैछ।

बैठक विहान १० बजे सोल्टीमोडस्थित हायात सेन्ट्रिक होटलमा बस्ने नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए।

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) गर्नका लागि केही औपाचारिक निर्णयहरू गर्नुपर्ने भएकाले बैठक बस्न लागेको उनले बताए।

‘अजेन्डा त्यस्तो खासै केही पनि छैन,’ उनले उकेरासँग भने, ‘एनपीएल गर्नुअघि बोर्डले गर्नुपर्ने केही औपचारिक निर्णयहरु गर्नुपर्ने भएकाले बैठक बस्न लागिएको हो।’

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग सोमबारदेखि हुँदैछ। त्रिवि मैदामा पहिलो पटक फ्लडलाइटमा खेल हुँदैछ।

दर्शकमा उत्साहका बावजुद एनपीएलको दोस्रो संस्करण पनि विवादरहित भने रहन सकेन। सार्वजनिक खरिद ऐन विपरीत टेन्डर सूचना निकालेर सुरु भएको विवाद अहिले अख्तियारसम्म पुगिसकेको छ।

कम रकम कबोल गरेको डिसहोम गोलाई ओटीटी अधिकार दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यसविरुद्ध मुद्दा परेको छ भने कम्पनीका प्रतिनिधि अदालत जाने तयारीमा समेत छन्।

कात्तिक २९, २०८२ शनिबार ०९:४६:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।