प्रधानमन्त्रीको फोन पछि निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि पाँच दिन थप्यो, शनिबारपनि काम हुने

प्रधानमन्त्रीको फोन पछि निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि पाँच दिन थप्यो, शनिबारपनि काम हुने
Filephoto

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीको आग्रहपछि निर्वाचन आयोगले मतदाता नामावली दर्ता प्रक्रिया पाँच दिन थप गरेको छ। अब मंसिर ५ गतेसम्म आफ्नो नाम मतदाता सूचीमा दर्ता गराउन सकिने भएको छ। 

कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार, थपिएको अवधीभर बिदाका दिन पनि देशभरका निर्वाचन कार्यालयहरू खुला रहनेछन्। 

इन्टरनेट डाउन हुने, डेटा ढिलो लोड हुने जस्ता प्राविधिक समस्या नआओस् भनेर आयोगले चौबीसै घण्टा प्राविधिक जनशक्ति खटाएको छ। आयोगका कर्मचारीहरूले डाटा इन्ट्रीदेखि भेरिफिकेसनसम्म निरन्तर अनुगमन गरिरहेको जनाइएको छ।

कात्तिक २८, २०८२ शुक्रबार २०:२७:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।