१२ टुक्रे दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र

१२ टुक्रे दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र

काठमाडौं : निर्वाचन आयोग नेपालले आज नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ।

माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका १२ वटा वाम समूह मिलेर गठन भएको नेपाली कम्युनिष्ट पार्टीलाई निर्वाचन आयोगले आज दल दर्ताको प्रमाणपत्र प्रदान गरेको सो पार्टीका नेता लिलामणि पोखरेलले जानकारी दिए।

गत कात्तिक १९ गते माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका पार्टीबीच एकता घोषणा गर्दै नयाँ पार्टी गठन गरिएको थियो। उक्त पार्टीको संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुन्।

सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तोकेको छ। त्यसका लागि दल दर्ता र प्रमाणपत्र लिनुपर्ने समयसीमा कात्तिक ३० गतेसम्म छ।

कात्तिक २८, २०८२ शुक्रबार २०:००:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।