गृहमन्त्री अर्याल र नेपालका लागि बेलायती राजदूतबीच शिष्टाचार भेट
काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि बेलायती राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गरेका छन्। गृह मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच पछिल्लो परिवर्तित राजनीतिक परिस्थितिबारे विमर्श भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
त्यसक्रममा मन्त्री अर्यालले जेनजी विद्रोहपछिको सङ्क्रमणकालीन अवस्थालाई सामान्यीकरण गर्न सरकारले प्रयास गरिरहेको बताए।
राजदूत फेनले नेपालमा आसन्न फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बेलायतको आवश्यक सहयोग रहने विश्वास दिलाए। उनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुने बताए।
कात्तिक २८, २०८२ शुक्रबार १६:२३:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।