सन्तोष परियारले रास्वपा छाडे
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी त्यागेर नयाँ राजनीतिक अभियान सुरु गर्ने घोषणा गरेका छन्। उनले आजै पार्टी नेतृत्वलाई राजीनामा पत्र बुझाएका हुन्।
विघटित प्रतिनिधिसभामा प्रमुख सचेतकका रूपमा भूमिका निभाएका परियारले महामन्त्री कविन्द्र बुर्लाकोटीलाई राजीनामा बुझाएका हुन्।
पछिल्लो केही महिनादेखि रास्वपाभित्र नेतृत्व परिवर्तन र विशेष महाधिवेशनको माग चर्किदैँ गएको अवस्थामा चितवनमा सम्पन्न विस्तारित बैठकमा परियारले विशेष महाधिवेशनको औपचारिक माग राखेका थिए।
यसअघि रास्वपाकै केन्द्रीय सदस्य सुमना श्रेष्ठले पनि नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टी छाडेकी थिइन्।
कात्तिक २८, २०८२ शुक्रबार १४:५३:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।