सवारी लाइसेन्सको आवेदन प्रणाली फेरि बन्द, सेवा अनिश्चितकालका लागि स्थगित

सवारी लाइसेन्सको आवेदन प्रणाली फेरि बन्द, सेवा अनिश्चितकालका लागि स्थगित

काठमाडौं : आंशिक रूपमा सञ्चालनमा आएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली शुक्रबारदेखि पुनः बन्द भएको छ।

यातायात व्यवस्था विभागले आफ्नो डेटा सेन्टरमा प्राविधिक समस्या आएकाले सेवा अवरुद्ध भएको जनाएको छ।

विभागले एक सूचना जारी गर्दै इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स र नयाँ लाइसेन्सका लागि आवेदन लिने प्रणाली अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जानकारी दिएको हो।

लामो समयदेखि बन्द रहेको लाइसेन्स सम्बन्धी सेवा गत कात्तिक १६ गतेदेखि मात्र आंशिक रूपमा सञ्चालनमा आएको थियो।

यसअघि, गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा विभागको सर्भरमा ठूलो क्षति पुगेपछि सेवा पूर्ण रूपमा ठप्प भएको थियो।

कात्तिक २८, २०८२ शुक्रबार १२:४४:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।