सुनको मूल्य घट्यो, चाँदी पनि सस्तियो

सुनको मूल्य घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं : नेपाली बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेर २ लाख ४९ हजार ७०० रुपैयाँमा झरेको छ।

यसअघि बिहीबार सुन प्रतितोला २ लाख ५० हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले घटेको छ। महासंघले आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला ३ हजार २८५ रुपैयाँ तोकेको छ।

बिहीबार चाँदी प्रतितोला ३ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो।

कात्तिक २८, २०८२ शुक्रबार ११:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।