धादिङमा एक युवक आफ्नै घरमा मृत फेला
धादिङ : धादिङको धुनिवेशी नगरपालिका-७, लप्सेमा एक युवक आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्। स्थानीय ३२ वर्षीय प्रकाश भण्डारी (प्रविन) मंगलबार साँझ सुतिरहेकै अवस्थामा मृत फेला परेका हुन्।
बिहानदेखि नै आफ्नो एकतले पक्की घरभित्र सुतिरहेका भण्डारीलाई मृत अवस्थामा देखेपछि स्थानीयले साँझ ७ बजे प्रहरीलाई खबर गरेका थिए।
खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय, खानीखोलाबाट प्रहरी निरीक्षकको नेतृत्वमा एक टोली घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार, मृतक भण्डारी जण्डिसका बिरामी थिए र नियमित औषधि सेवन गरिरहेका थिए भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको छ।
प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि मंगलबार राति पौने १० बजे काठमाडौंस्थित टिचिङ अस्पताल पठाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने इलाका प्रहरी कार्यालय, खानीखोलाले जनाएको छ। घटनास्थल प्रहरी कार्यालयबाट करिब ३ किलोमिटर दक्षिणमा पर्दछ।
कात्तिक २८, २०८२ शुक्रबार १०:१८:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।