आइजिपी कार्कीको पहिलो निर्णय : तल्लो दर्जाका प्रहरीलाई सहुलियत कर्जा दिन १० करोड निकासा

आइजिपी कार्कीको पहिलो निर्णय : तल्लो दर्जाका प्रहरीलाई सहुलियत कर्जा दिन १० करोड निकासा

काठमाडौं : नेपाल प्रहरीका नव नियुक्त महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी कार्यालय सहयोगी देखि प्रहरी वरिष्ठ नायब निरीक्षकसम्मका प्रहरी कर्मचारी र तिनका आश्रित परिवारका लागि सहुलियत ऋणका लागि १० करोड निकासा गर्ने निर्णय गरेका छन्।

आइजिपीको पदबहालीपछि पहिलो निर्णय गर्दै उनले परिवारका सदस्यको स्वास्थ्य, शिक्षा, घरायसी समस्या लगायतमा तत्काल आवश्यक पर्ने रकमका लागि किस्ताबन्दी कर्जा कार्यक्रम अन्तर्गत एक वर्षभित्र चुक्ता गर्ने गरी ५ प्रतिशत ब्याजदरमा प्रति व्यक्ति दुई लाख ऋण तत्काल उपलब्ध गराउन निर्णय गरिएको हो।

निर्णयमा प्रहरी कल्याण कोषबाट चालु आर्थिक वर्षमा अधिकतम १० करोडसम्म नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाबाट आवश्यक मापदण्ड बनाई कर्जा प्रवाह गर्ने उल्लेख छ।

सरकारले हालै उनलाई प्रहरी महानिरिक्षकमा नियुक्त गरेपछि उनले सोमवार दर्ज्यानी चिन्ह पाएका थिए। बिहिबार उनले कार्यभार शुरू गरेका छन्। उनी साढे दुई वर्ष प्रहरी महानिरिक्षक रहने छन्। 

कात्तिक २७, २०८२ बिहीबार १८:४४:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।