जेनजी आन्दोलनको राप सहेका आइजिपी खापुङले प्रधानमन्त्री र गृहमन्त्रीसँग गरे बिदाइ भेट

जेनजी आन्दोलनको राप सहेका आइजिपी खापुङले प्रधानमन्त्री र गृहमन्त्रीसँग गरे बिदाइ भेट

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की र  गृहमन्त्री ओमप्रकाश अर्यालसँग अवकाशमा जान लागेका नेपाल प्रहरीका प्रवक्ता प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले बिदाइ भेट गरेका छन्। प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयमा गएर उनले दुबैसँग बिदाइ भेट गरेका हुन्।

३० वर्षीय सेवा अवधिका कारण खापुङले आज बुधवार बेलुका १२ बजेबाट अवकाश पाउँदैछन्। प्रधानमन्त्री कार्यालयमा खापुङ भावी आइजिपी दानबहादुर कार्कीसहित प्रधानमन्त्री कार्कीसँग भेट्न गएका थिए। गृहमन्त्रीसँगको भेटमा पनि कार्की सँगै थिए।

गृह मन्त्रालयमा भएको बिदाइ भेटमा गृह सचिव रामेश्वर दंगाल, मन्त्रालयका सह-सचिव, उपसचिव, प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी प्रधान कार्यालय र राष्ट्रिय अनुसन्धानका वरिष्ठ अधिकृत लगायतकाहरु सहभागी थिए।

खापुङ दुई महिना अगाडि नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त भएका थिए। छोटो अवधिका लागि नियुक्त भएका खापुङको कार्यकालमा देशको राजनीतिक र आर्थिक क्षेत्रमा लामो समयसम्म प्रभाव पार्ने जेन-जी आन्दोलन भयो।

जेनजी आन्दोलन सुरक्षा संयन्त्र ध्वस्त बनाउन केन्द्रित भएको अवस्थामा भत्किएको सुरक्षा संरचनालाई लयमा ल्याउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए। प्रहरी संगठनमा ३० वर्ष बिताउँदा विवादमा नपरेका उनी नेपाल प्रहरीको ३२ औँ प्रहरी महानिरीक्षक हुन्।

कात्तिक २६, २०८२ बुधबार १५:१५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।