इलाममा तीन वर्ष जेठी महिला बलात्कार गरेको आरोपमा एक युवक पक्राउ
इलाम : ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले इलामबाट एक युवकलाई पक्राउ गरेको छ।
इलाम नगरपालिका-५, ओर्खे मन्दिरडाँडा बस्ने २७ वर्षीय मनोज बुढाथोकीलाई मंगलबार साँझ पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार, पीडित महिलाले दिएको उजुरीका आधारमा खटिएको प्रहरी टोलीले बुढाथोकीलाई नियन्त्रणमा लिएको हो।
महिलालाई स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाइएको छ भने पक्राउ परेका बुढाथोकीमाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कात्तिक २६, २०८२ बुधबार १३:२८:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।