सुनको मूल्य तोलामा २१ सय रुपैयाँले घट्यो, चाँदीको भाउ बढ्यो

सुनको मूल्य तोलामा २१ सय रुपैयाँले घट्यो, चाँदीको भाउ बढ्यो

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला २१ सय रुपैयाँले घटेर दुई लाख ४४ हजार ३०० रुपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेर तीन हजार १७५ रुपैयाँ पुगेको छ।

मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ४६ हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला तीन हजार १७० रुपैयाँमा कारोबार भएको थियो।

कात्तिक २६, २०८२ बुधबार ११:०३:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।