२४ करोड बक्यौता रहेको सोनापुर सिमेन्टले बुझायो पहिलो किस्ता, काटिएको लाइन जोडियो
काठमाडौं : विद्युत् महसुलबापतको २४ करोडभन्दा बढी बक्यौता रहेको दाङस्थित सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले पहिलो किस्ता रकम भुक्तानी गरेको छ।
किस्ता बुझाएपछि नेपाल विद्युत् प्राधिकरणले काटेको उद्योगको लाइन पुनः जोडिदिएको छ।
प्राधिकरणका अनुसार, उद्योगले मंगलबार पहिलो किस्ताबापत ८६ लाख ३० हजार रुपैयाँ बुझाएको हो।
कुल २४ करोड २९ लाख ९९ हजार रुपैयाँ बक्यौता रहेकोमा उक्त रकम २८ किस्तामा तिर्ने सहमति भएको छ।
पहिलो किस्ता भुक्तानी भएसँगै मंगलबारदेखि नै उद्योगमा विद्युत् आपूर्ति सुचारु गरिएको प्राधिकरणले जनाएको छ।
कात्तिक २६, २०८२ बुधबार ०९:२७:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।