रवि र छविको मुद्दामा जिल्लाको आदेश मगाउन उच्च अदालत बुटवल इजलासको आदेश

रवि र छविको मुद्दामा जिल्लाको आदेश मगाउन उच्च अदालत बुटवल इजलासको आदेश

बुटवल : उच्च अदालत बुटवल ईजालसले सहकारीका बचतकर्ताको रकम अपचलन र संगठित अपराधको अभियोगमा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र पूर्व डिआईजी छविलाल जोशीको जिल्ला अदालत रुपन्देहीले जारी गरेको आदेश मगाउन आदेश गरेको हो।

लामिछाने र जोशीको सुनुवाइका लागि आज ३ नम्बरमा पेशी चढेको थियो। न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रकाश अर्यालको इजालसले जिल्ला अदालत रुपन्देहीबाट जारी भएको आदेश र अन्य फाईलहरु झिकाउन आदेश दिएको हो। 
आजको बहसमा रवि पक्षका कानुन व्यवसायले भने बहस गर्न पाएनन्।

मुद्दाको सुनुवाईका क्रममा सुरुमा अधिवक्ता अपूर्ण खतिवडाले तत्कालीन गोर्खा मिडियाका सञ्चालक एवं पूर्व डिआईजी छविलाल जोशीका तर्फबाट बहस गरेका थिए। सो क्रममा न्यायाधीशले मुद्दाको मिसिल अपुग गरेको भन्दै जिल्लाबाट भएको आदेश झिकाएर मात्र अर्को पेश्की चढ्ने निर्णय सुनाएका थिए।

मुद्दाको अर्को पेशी कहिले तोकिने भन्ने यकिन भइसकेको छैन। जिल्ला अदालतको आदेशको मिसिल र थप कागजपत्र पेश भएपछि रवि माथीको सुनुवाई हुनेछ।

न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले यस अघि लामिछाने र जोशीको एकै प्रकृतिका मुद्दा भएकाले दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको थियो। सोही अनुसार बिहिबार दुवैको मुद्दा एक साथ पेशीमा चढेको हो । एक साता अघि भदौ १३ गते जोशीका निवेदकले स्थगित गरेपछि दुवैको सुनुवाइ स्थगित भएको थियो।

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले गएको साउन २६ गते उनलाई रिहा गर्न अस्वीकार गरेको थियो। 

सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ। लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भागबराबर बिगो दाखिला गरेको कागजात पेस गरेका थिए। लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदन साथ पेस गरेका थिए।
जिल्लाको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालत तुलसीपुर बुटवल ईजालसमा निवेदन दर्ता गराएका थिए। 

कात्तिक २०, २०८२ बिहीबार १७:०८:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।