एनसेलको डेटा प्याकमा अब जीवन बीमा सुविधा पनि

एनसेलको डेटा प्याकमा अब जीवन बीमा सुविधा पनि

काठमाडौं : एनसेलले मेटलाइफ नेपालसँगको सहकार्यमा डेटा प्याक खरिद गर्दा जीवन तथा गम्भीर रोगको बीमा सुविधा दिने नयाँ योजना सार्वजनिक गरेको छ।

नेपालमा पहिलो पटक ल्याइएको यो योजनाअन्तर्गत ग्राहकले दुईवटा प्याकमध्ये एक रोजेर डेटासँगै बीमाको फाइदा लिन सक्नेछन्।

योजनाअनुसार, ग्राहकले करसहित ९९ रुपैयाँमा ३ दिनका लागि १०० एमबी डेटाका साथै ३० दिनसम्म मान्य हुने २ लाख रुपैयाँ बराबरको जीवन बीमा र २ लाख बराबरकै गम्भीर रोग बीमा सुविधा पाउनेछन्।

त्यसैगरी, ३९ रुपैयाँको अर्को प्याकमा ३ दिनका लागि १०० एमबी डेटा र ३० दिनका लागि ५० हजार रुपैयाँ बराबरको जीवन तथा गम्भीर रोग बीमा उपलब्ध हुनेछ।

कम्पनीले जनाएअनुसार, ग्राहकहरूले एनसेल एप वा *१२३*४*६# डायल गरेर यी प्याकहरू खरिद गर्न सक्नेछन्।

कात्तिक २०, २०८२ बिहीबार १२:५३:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।